image

पूर्वराजा शाहको पक्षमा आज प्रदर्शन हुँदै : काठमाडौँमा उच्च सुरक्षा सतर्कता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा आइतबार काठमाडौँमा प्रदर्शन हुँदैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने नाममा राजावादीहरूको शक्ति प्रदर्शन हुन लागेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने अवसर पारेर काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन्। दिउँसो करिब तीनबजे शाह काठमाडौँ फर्किने तयारी छ । सोही अनुसार प्रहरीले काठमाडौँको सुरक्षा व्यस्था कडा पारेको छ…

सम्पत्ती न्यूज
२५ फाल्गुन २०८१, आईतवार