कपिवस्तु जिल्ला अस्पतालका अत्यावस्य सेवा बाहेक सबै बन्द
तौलिहवा। कपिलवस्तु जिल्ला अस्पतालका अत्यावस्यक सेवा बाहेक सबै पूर्ण रुपमा बन्द गरिएको छ। सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो। अस्तपालका मे. स किशोर बन्जाडेका अनुसार अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो । अस्पतालको आन्तरिक बैठकले गरेको निर्णयअनुसार संक्रमणको सम्भावित जोखिममा रहेकाहरुको स्वाब…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार