ललिता निवास प्रकरणः पक्राउ पर्नेको संख्या सात पुग्यो
काठमाडौं । राजनीतिक हस्तक्षेपपछि रोकिएको ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पुन अनुसन्धान गर्दै यस मुद्दाका मुख्य योजनाकार भाटभटेनीको सञ्चालक मिनबहादुर गुरुङसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुद्दा परेकाहरूको खोजी कार्य थालेको छ । २२ माघ २०७६…
सम्पत्ती न्यूज
१२ असार २०८०, मंगलवार